३ चैत,
बाँके : नेपालमा बिदेशी पर्यटक बढाउन यौन व्यवसायलाई खुल्ला गर्नुपर्ने अथवा कानुनीय मान्यता दिनुपर्ने भन्दै नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए।

सांसद घिमिरेले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। साथै यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं र संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो भन्दै यसरी आफ्नो प्रस्तुत गरेका हुन् ।

उनले गाँजा खेतीमार्फत अमेरिकाको क्लोराडोको अर्थतन्त्र फस्टाएको भन्दै नेपालमा पनि कानुनी मान्यता दिनुपर्ने बताए। ‘गाँजा खेती धेरै देशले सुरू गरिसकेको छ। त्यहाँको उदाहरण हेरेर हामीले पनि गाँजा खेतीलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय