
२९ फागुन,
बाँके : फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने क्रममा आइताबार राजावादीले निकालेको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको विषयमा सत्तारुढ दल नेकपा एमालेले भारतमाथि आशंका गरेको छ ।
प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा आदित्यनाथको फोटो उक्त भीडमा स्वागतका लागी राख्न लगाइएको राप्रपाका सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले आरोप लगाएका छन् । आफूहरूमाथि आरोप लागेपछि एमालेका नेताहरू यतिवेला त्यसको खण्डनमा लागिपरेका छन् । स्वयं प्रधानमन्त्रीले नै सांसद शाहीको आरोप खण्डन गर्नुपरेको छ ।



तर उक्त तस्बिरका कारण एमाले नेता तथा सरकारले भारतप्रति विभिन्न आशंका गरिरहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नामै उल्लेख गरेर प्रधानमन्त्रीकै निर्देशनमा राख्न लगाइएको शाहीले आरोप लगाएका थिए ।
भारतसँग एमालेको सम्बन्ध बिग्रिएको बेला राजवादीहरू यसरी सक्रिय हुनुको पछाडि भारतकै हात रहेको निष्कर्षमा एमालेका नेताहरू पुगिसकेका ती विश्लेषक बताउँछन् । पार्टीका महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
एमालेका नेताहरूको बुझाइमा राजावादीहरूले भारतको ठूलो सहयोगमा यो आन्दोलन गरिरहेको भन्दै पुष्टि गर्न खोजिरहेका छन् । पुरा समाचार यहाँ छ ।