
२६ फागुन,
बाँके : सरकारी लेटरहेडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रवर्द्धक बास्तोलाले यसरी शुभकामना दिएका थिए यो पत्र हेर्नुस्:

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको यस कार्यालयका प्रवर्द्धकको उक्त कार्य पदीय जिम्मेवारीविपरीत भएको मन्त्रालयको ठहर छ । साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। प्रवर्द्धक बास्तोलालाई सोधिएको २४ घण्टे स्पष्टीकरण यस्तो छ हेर्नुस्:



