
बाँके : बाँकेमा धारिलो खुकुरी प्रहार गरेर एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, बैजनाथ गाउँपालिका ८ वडा नम्बरमा बस्ने १८ बर्षिय दिनेश रोका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



प्रहरीका अनुसार, दिनेश गाउँमा साथिको बिबाहमा गएका थिए, सोही समयमा दिनेश र उनका साथीहरू बिच अथवा (बिबाहमा) झडप भएर दिनेश गम्भीर घाइते भएलगत्तै उनलाई उपचारको लागि भारतको लखनउमा पुर्याएको थियो । माघको २७ गते आइतबार बिहान ३ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । दिनेशको मृत्युुमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।
पक्राउ पर्नेमा, बैजनाथ गाउँपालिका २ वडा नम्बरमा बस्ने ३० बर्षिया मनिषा राना, सोही गाउँमा बस्ने ३४ बर्षिय राम बहादुर राना, ६ वडा नम्बरमा बस्ने १८ बर्षिय भिजन नेपाली, ८ वडा नम्बरमा बस्ने १८ बर्षिय सुजन बुढा, जाजरकोटको शिवालय गाउँपालिका ७ वडा नम्बरमा बस्ने २९ बर्षिय हिम बहादुर बुढा, र दाङको बबई गाउँपालिका ६ वडा नम्बरमा बस्ने २७ बर्षिया अमृता डागी रहेको प्रहरीले परिचय खुलाएको हो ।
उक्त बिबाहको दिन झडपमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान अगाडी बढाएको छ ।