१२ कात्तिक,
बाँके : बाँकेको नेपालगञ्जमा हुने कनक्लेभको दोस्रो संस्करण मंसिर २० र २१ गते हुने भएको छ ।

धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ ।

उक्त कनक्लेभका निर्देशक जनक नेपालका अनुसार यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको बताएका छन् । उनका अनुसार कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको ऊर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ ।

यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारका साथै अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे पनि छलफल हुनेछ ।

अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ । त्यसमा पश्चिम नेपालमा बन्नसक्ने नयाँ पर्यटकीय सर्किटबारे बहस हुने अपेक्षा आयोजकको छ ।

नेपालगञ्ज कनक्लेभ १०औं धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । त्यसैले खेलकुद्लाई जोडेर ‘किन दौडिन्छ मानिस ?’ भन्ने सत्र राखिएको छ ।

साहित्यमा नेपाली आख्यानबारे चर्चा हुनेछ भने यसपटक राजनीतिक सत्र पनि थपिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय