२३ साउन,

काठमाडौं : काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्।

महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो र भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर उपाधिका लागि नेपाल र भारत आमने-सामने हुन लागेका हुन् ।

यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।

लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो। नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन्।

कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्‍याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर आज बुधबार रहेको छ ।

यसरी नेपालले भारतसँग यसअघि पटक पटक प्रतिस्पर्धा गरिसकेको र भारतका धेरै खेलाडीले नेपालमा लिग खेलेकाले उनीहरुबारे धेरै जानकारी रहेको र उनीहरुको ब्लक र स्पाइक राम्रो रहेको प्रशिक्षक जगदिश भट्टले बताए ।

यसअघि नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय