१९ असार,
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको प्रस्ताव पेस गर्न सभापति रवि लामिछानेले रोकिएको बताएका छन्।

आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् ।

उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लेखेका थिएँ । तर रविले राख्न दिनुभएन,’ उनले भने ।

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ उनले भने ।

अन्तत: बैठक समेत केहिसमयको लागि रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय