
१३ असार,
बाँके : बाँकेको कोहलपुरमा निर्माण हुने सरकारी डेटा सेन्टरका लागि ११ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रममा समावेश भएको उक्त परियोजनाका लागि सो बजेट छुट्याइएको हो ।
यस बाहेक ललितपुरमा डेटा सेन्टर र इन्टरनेट एक्स्चेन्ज सेन्टर समेत निर्माण गर्ने सरकारी योजना छ । जसका लागि आगामी आर्थिक वर्षमा १६ करोड ९१ लाख रुपैयाँ बजेट खर्चिने कार्यक्रम छ ।



त्यसो त आर्थिक वर्ष २०७९/८० देखि नै कोहलपुर र ललितपुरको खुमलटारमा डेटा सेन्टर निर्माणको कार्य सुरु गर्न भन्दै बजेट छुट्याइँदै आइएको थियो ।