६ असार,
बाँके : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागि सकेको बताएका छन्।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि चितवनको भरतपुर विमानस्थलमा आएका लामिछानेले आज बिहान पत्रकारहरुसँग कुरागर्दै जिबी राईको लोकेसन कन्फर्म गरिएको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।
‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।
गृहमन्त्री लामिछानेले आईजीपी परिवर्तन गर्ने विषय हल्ला मात्रै भएको समेत बताए। उनले आफूले कुनै पनि प्रक्रिया मिचेर काम नगर्ने समेत उल्लेख गरे।