२६ जेठ,
बाँके : कञ्चनपुरमा प्रहरीकै संरक्षणमा जेल परेका कैदी र कैदीका नाइकेले मस्ती गर्ने गरेको घटना बाहिर आएको छ।

कञ्चनपुरका ठुला- ठुला होटलमा पसेर मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले नै नियन्त्रणमा लिएको थियो। तर कारागारभित्र पनि पहुँचवालाकै शक्ति प्रदर्शन हुने गरेको घटनाको विषय बाहिर आएको हो।

उक्त नियन्त्रणमा लिएका कैदीका नाइके र कैदी मात्र नभएर प्रहरी हवल्दारसँगै कर्मचारी समेत कानुनलाई चुनौति दिएर बाहिर आउनु र त्यसमाथि निर्वाध रुपमा मदिरा सेवन गर्नुले पनि कारागार प्रशासनको लापरबाहीलाई अझ उदाङ्गो बनाइदिएको छ।

कञ्चनपुर प्रहरीले होटलबाट कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्तसहित चार जनालाई मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उक्त पक्राउ परेका दुई कैदीबन्दीसहित चार जनालाई घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कारागारमा रहेका नाइके कैदीहरु सँग जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा प्रहरी हवल्दार धामीलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। बाँकी विषयमा थप अनुसन्धान गर्ने काम भइरहेको कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताएका छन्। यो समाचार दिनेशखबर मा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय