२८ वैशाख,
बाँके : अमेरिकन डलर भन्दै कागजको बिटो दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई काठमाडौंको तार्केश्वरस्थित डाँडागाउँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ३५ वर्षीय धनकृष्ण शिवभक्ती, सोही ठाउँका ५६ वर्षीय दातेम्बा शेर्पा, बाह्रबिसे-३ का ४० वर्षीय हरेराम भुजेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ का ४१ वर्षीय गणेश बहादुर विक र मकवानपुरको इन्द्रेणी गाउँपालिका-३ कि ५५ वर्षीया मीना तामाङ रहेका छन् ।
उनीहरुले साढे १५ लाख डलर रहेको र सस्तोमा साटिदिने भन्दै दोलखाको मेलुङ गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने ३१ वर्षीय रवीन्द्र कोइरालालाई सस्तोमा डलर साटिदिने भन्दै कागजको बिटो दिएर पाँच लाख ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
उक्त समूहले यसअघि गत मंसिर २१ गते गोठाटारमा फर्निचर कारखाना सञ्चालन गरी आएका धीरेन्द्र ठाकुरलाई यही शैलीमा ४ लाख ठगी गरेको समेत खुलेको छ ।