२१ वैशाख,
बाँके : जापानकी विदेशमन्त्री “कामिकावा योको” उच्चस्तरीय एकदिने भ्रमणका लागि आइतबार नेपाल आउने भएकी छिन्। नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ। साथै पालस्थित जापानको दूतावासले पनि दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय