
१६ वैशाख,
बाँके : बाँकेमा युट्युबको भिडियो हेरेर आफैले बनाएको घरेलु बन्दुक आफैमाथि पड्किँदा एक युवक घाइते भएका छन् ।
घाईते हुनेमा, राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारू जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार गए राति ११ बजेतिर थारू आफैंले बनाएको घरेलु हतियार पड्किएर घाइते भएका हुन्।



उनले युट्युबमा हेरी काठ र फलामबाट घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाएका थिए । जसलाई उनले आफ्नो पाइन्ट पछाडिको गोजीमा राखेका थिए । त्यहीँबाट निकाल्ने क्रममा बन्दुक पड्केको थियो ।
थारूको दाहिने खुट्टाको पछाडिको भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । हाल उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।