९ फागुन,
भारतको बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले पतिविरुद्ध उजुरी दिएको प्रहरी अधिकारी अदिति कुमारीले बताएकी छन्।

प्रहरीका अनुसार, ती महिलाले दिएको उजुरीपत्रमा विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् ।

पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पनि उनले उजुरीमा उल्लेख गरेकी छन् ।

आफूलाई माइत जानसमेत नदिई धम्की दिएर राखिएको ती महिलाको आरोप छ । आफ्नो हजुरबुवा बिरामी भएको बहाना बनाएर माइत पुगेकी ती महिलाले अहिलेसम्म पनि आफूलाई पति र उसको परिवारका अन्य सदस्यले धम्क्याइरहेको जनाएकी छन् ।

प्रहरी अधिकारी अदिति कुमारीका अनुसार यो मामिलामा उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय