१५ माघ,
बाँके : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा आगमन (अराइभल) र प्रस्थान (डिपार्चर) एउटै भवनलाई परिवर्तन गरेर विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणले आगमनतर्फ छुट्टै टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ ।
छुट्टै ‘अराइभल टर्मिनल’ भवन सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानर्फ यात्रुले सहज र सकारात्मक महसुस गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता झाले जनाएका छन्।
झाका अनुसार, यो नयाँ टर्मिनल भवन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले माघ १० गते उद्घाटन गरेका थिए । उक्त नयाँ टर्मिनल भवनको कुल लागत ६ करोड रुपैयाँ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता झाले जानकारी दिए।
नयाँ टर्मिनल भवन कस्तो बन्यो ? हेर्नुहोस् भिडियोसहित (समाचार, भिडियो: अनलाईन खबरबाट