१४ माघ,
बाँके : अफगानिस्तानमा रहेको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने भएको छ। राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क जनाएको छ।
केन्द्रीय बैङ्कका अनुसार, एक विज्ञप्ति जारी गर्दै एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी भएको छ। अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै गएपछि अफगानिस्तानको केन्द्रीय बैङ्कले आफ्नो मुद्राको अवमूल्यन रोक्न बितेका केही महिनामा विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ।