९ माघ,
बाँके : गण्डकी सरकारको गौरवको योजनाअन्तर्गत गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको भन्दै ठेकेदारले पुल निर्माणको काम अलपत्र पारेका छन्।

निर्माण कम्पनीका अनुसार, बुलिङटार–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको आरोप कम्पनीका सञ्चालक अशोक लोहनीले बताए।

उक्त सामान चोरी गरेर लैजाँदै गर्दा वडाध्यक्ष वीष्णुवीर जर्घाको ट्याक्टर दुर्घटनामा परेर मानिसहरु समेत मरेको कम्पनीका सञ्चालक अशोकले बताएका छन्।
‘उहाँसँग सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार रुपैयाँ रकम मैले तिर्न बाँकी थियो’ “उनले भने”

सञ्चालक अशोकका अनुसार, आफ्नो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन भन्दै सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय