२६ पुस,
बाँके : सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । साइबर ब्यूरोका अनुसार, उक्त घटनाको अनुसन्धान भईरहेकाले थप विवरण खुलाउन नमिल्ने बताएका छन्। साथै हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय