२१ पुस,
बाँके : धनगढीमा एक युवाले फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत वर-वधू खोजिदिने सेवाको रूपमा म्यारिज ब्युरो सञ्चालन गरेका छन्।
धनगढी-६ जयदुर्गे टोल मटियारीका २६ वर्षीय युवक द्रोण अवस्थीले धनगढीमा आधारित फारवेस्ट म्यारिज ब्युरो सुरु गरेका हुन् ।

उनका अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता गरेर विवाहका लागि “म्याच मेकिङ” अर्थात् जोडी मिलाइदिने गरी ब्युरो सञ्चालनमा ल्याइएको बताएका छन्। तर ‘लभ अफेयर’ अर्थात् माया पिरती गाँस्ने कार्यमा भने ब्युरो संलग्न नहुने उनले बताए ।

संस्थापक अवस्थीका अनुसार, हाम्रो यस संस्थाले केहि निश्चित शुल्क लिएर रजिस्ट्रेसन गरेर फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आवश्यकता अनुसार विज्ञापन गरी उपयुक्त वर-वधू खोजिदिने कार्य गरिरहेको बताएका छन्।

उक्त कार्य गर्दा वर-वधू खोज्ने क्रममा रजिस्ट्रेसन गराउने हरेक व्यक्तिको गोपनीयतालाई उच्च सम्मान गर्दै युवा-युवतीको नाम र तस्विर जस्तो व्यक्तिगत पहिचान खुल्ने विवरण भने सार्वजनिक नहुने र गोपनीयता पूर्ण रूपमा सुरक्षित राख्निने उनले बताए।

ब्युरोका अनुसार, रजिस्ट्रेसन फाराममा व्यक्तिगत विवरण अनुसार सबै कुरा चित्त बुझेको खण्डमा युवतीको विवरणसहितको तस्विर युवकलाई पनि उपलब्ध गराइन्छ । यसरी दोहोरो रूपमा अपेक्षा मिलेको र एक अर्कालाई मन पराएको खण्डमा आपसी सम्पर्क कायम गराएर विवाहका लागि प्रक्रिया अगाडि बढाइने ब्युरोले जनाएको छ ।

“जीवन साथी” चाहिने इच्छुक व्यक्तिले ब्युरोको ह्वाट्सएप नम्बर (९७६९९३२०७६), फेसबुक पेज र इन्स्टाग्राम अकाउन्टमार्फत सम्पर्क गरी रजिस्ट्रेसन गराउन सक्छन् ।

उनका अनुसार ब्युरो सञ्चालनमा आएयता केहि जोडीहरुले रजिस्ट्रेसन गरेर जोडीको टुङ्गो समेत लागिसकेको बताए । बाँकी केहि जोडीको कुरा समेत अन्तिम चरणमा रहेको उनले सुनाएका छन्।

सिभिल इन्जिनियर समेत रहेका अवस्थीले ३०/४० हजार रुपैयाँको लगानीबाट ब्युरो सुरु गरेका हुन् । ब्युरोमार्फत सस्तो र वातावरणमैत्री ‘इभेन्ट म्यानेजमेन्ट’ (वैवाहिक कार्यक्रम आयोजना) गर्ने योजना रहेको साथै अब चाँडै नै ब्युरोको वेबसाइट पनि सार्वजनिक गरिने उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय