१६ पुस,
काठमाडौं : बालकुमारीमा प्रदर्शन भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नगएको भए त्यो हदसम्मको घटना नहुने प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन्।

आज सोमबार राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् । साथै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए।

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनाको क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो।

कम बल प्रयोग गरेर जाने नीति अनुसार प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उनको भनाइ छ । यद्यपि काम गर्ने क्रममा सञ्चार सेट लगायतका साधन स्रोतको कमी भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय