१६ पुस,
बाँके : आज अंग्रेजी नयाँ वर्षमा काठमाडौं लगाएत अन्य जिल्लाहरुबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको मन पर्ने रोजाइ पोखरा नै हुने गर्छ । सायद…. नहोस् पनि किन आन्तरिक होस या बाह्य पर्यटक सबैको पहिलो रोजाइ मै पर्ने पर्यटकीय क्षेत्र पोखरा नयाँ वर्षको लागि तयार अवस्थामा रहेको छ । पोखराको विभिन्न लेकसाइडका होटलहरू पनि सडक महोत्सवले भरिभराउ छन्।
जस्तै: माछापुच्छ्रे, फेवाताल, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउने गर्छन्। स्वच्छ, सफा र सुन्दर शहरले परिचित पोखरा पर्यटकको मुख्य गन्तव्य हो। अरू बेला विदेशी पर्यटकको व्यापक चहलपहल हुने पोखरा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटकले भरिभराउ हुन्छ। हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा थुप्रै कार्यक्रम आयोजना हुने भएका छन्।
जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह गरेका छन्। तालैतालको शहर भनेर चिनिन्छ पोखरा।
नयाँ गन्तव्य रहेको पोखरामा धेरैको रोजाइमा भने फेवाताल नै हो। फेवामा डुंगा सयर र ताल बाराही मन्दिर दर्शनका लागि पनि पर्यटकको पहिलो रोजाइमा पर्छ फेवा। पोखरा आउने पर्यटकहरुले पाताले छाँगो (डेभिस फल) गुफा, गुप्तेश्वर महादेव गुफा, शान्ति स्तुपा, रूपाकोट, काहुँडाँडा, टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर, बन्जीजम्प र धम्पुस जस्ता थुप्रै गुफाले नयाँ वर्षको समय बिताउन सकिन्छ।
नेपाल फोटो लाइब्रेरी ले लिएका केहि तस्विरहरु हेर्नुहोस् :