नेपालमा सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसाको लट्री भर्ने क्रम जारी छ । हरेक वर्ष भरेर पनि नपरेकारहरू यस वर्ष त कसो नपर्ला भन्दै भरिरहेका छन् ।

नेपालमा डी भी भर्नका लागि १०+२ उत्तीर्ण हुनुपर्ने सबैको आमबुझाइ छ । त्यसैले नेपालमा १०+२ उलाई डीभी भर्ने कक्षा पनि भन्ने गरिन्छ । तर १०+२ उत्तीर्ण नहुनेले डीभी भर्नै नपाउँने पनि हैन । यदि तपाईंले वितेका पाँच वर्षमा कुनै खास क्षेत्रमा दुई वर्षको तालिम वा अनुभव भएकाले पनि डीभी लट्री भर्न पाउँछन् र भाग्यले साथ दिएमा उनीहरू पनि अमेरिका जान सक्छन् ।

यसरी थाहा पाउँन सकिन्छ आफ्नो पेशा वा योग्यता डीभी भर्नका लागि योग्य छ कि छैन ? यो लिंकमा क्लिक गर्नुहोस्
आफ्नो पेशा छान्नुहोस् । पेशामा क्लिक गरेर त्यो पेशा जोन ४ वा ५ मा छ कि छैन निश्चित गर्नुहोस् । त्यो जोनमा परेको पेशा एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको छ कि छैन निश्चित गर्नुहोस् ।

अमेरिकाको भाषामा १०+२ उत्तीर्ण नभए पनि डीभी लट्री भर्न पाउँनेमा जोन ४ वा ५ मा परेका वा एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएका हुन् ।

तल दिएका मध्य को को छन् डीभी भर्न पाउँने सूचीमा ? हेर्नुस्

  • गीतकार, साहित्यकार, कवि, लेखक, प्रुफ रिडर
  • सेक्युरिटी मेनेजर, सेल्स मेनेजर, होलसेल सेल्स रिप्रेजेन्टेटिभ
  • कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशक, निर्माता, संगीतकार
  • कला, नाटक र संगीत शिक्षक
  • लाइब्रेरियन

को को छन् डीभी भर्न नपाउने सूचीमा ?

  • मोडल
  • गायक
  • खुद्रा व्यापारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय