८ भदौ,
काठमाडौं: २० जुलाई १९६९ मा पहिलो पटक मानवसहितको यान चन्द्रमामा अवतरण गरेको थियो । संसारभरका ६० करोड बढी मानिसहरूले इतिहासमै पहिलो पटक निल आर्मस्ट्रङले चन्द्रमाको सतहमा पहिला राखेको दृश्य प्रत्यक्ष हेरेका थिए ।

३५औं अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीले १९६० को दशकमा चन्द्रमाको सतहमा मानव पुर्‍याउने सङ्कल्प राखेका थिए । यो त्यही समय थियो, जहाँ एउटा पुस्ताले चन्द्रमामा मानिसले पहिलो पटक पाइला दृश्य प्रत्यक्ष हेर्न पाएका थिए । तर, नासाले कसरी चन्द्रमाको दृश्य रेकर्ड गरेर पृथ्वीमा प्रसारण गर्‍यो होला ? पुरा समाचारका लागि यहाँ क्लिक गर्नुस्।

चन्द्रयान ३ को सन्दर्भमा कसरी लाइभ प्रसारण हुन्छ ?

यसका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले चन्द्रयान ३ को विक्रम ल्यान्डरमा विभिन्न क्यामेरा समावेश गरेको छ । ल्यान्डर हाजार्ड डिटेक्सन एन्ड एभोइडेन्स क्यामेरा (एलएचडीएसी), ल्यान्डर इमेजर (एलआई) क्यामेरा, ल्यान्डर पोजिसन डिटेक्सन क्यामेरा (एलपीडीसी) लगायतका क्यामेरा रहेका छन् ।

यी क्यामेराबाट प्राप्त भिडिओलाई डिजिटल फर्म्याटमा इनकोड गरिन्छ । उक्त इनकोडेड भिडिओ स्याटलाइट वा ग्राउन्ड स्टेसनको सहायताले प्रसारण गरिन्छ । स्याटलाइट वा ग्राउन्ड स्टेसनले डिजिटल फर्म्याटलाई डिकोड गरी स्ट्रिमिङ सेवा दिने प्लेटफर्ममा भिडिओ पठाउँछ ।

त्यसपछि स्ट्रिमिङ सर्भिस (युट्युब, फेसबुक, टेलिभिजन, वेबसाइट) बाट भिडिओ प्रसारण हुन्छ । भिडिओ लाइभकास्टिङ गर्नका लागि प्रयोग भएका सफ्टवेयर र उपकरण अनुसार प्रक्रिया फरक फरक हुन सक्छन् । यद्यपि सामान्य तवरमा लाइभस्ट्रिम माथि उल्लेख गरिएको तरिकाबाट गरिन्छ ।

हालसम्म नासा, ईएसए, जेएएक्सए तथा इसरो लगायतला संगठनले लाइभ स्ट्रिम गरिसकेका छन् ।

यसरी हेर्नुहोस् भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गरिरहेको लाइभ भिडिओ

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १४:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय