२ भदौ,
सल्यान : सल्यानको कालिमाटी गाउँपालिकाको घुईयाबारी, बबई हुँदै बाँकेको कोहलपुरसम्म पुग्ने सडक खण्ड, रोड निर्माण भएको छ ।

साउन महिनादेखि भदौ महिनाको अन्तिमसम्म करिब एक महिनाको अन्तरालमा भएको अविरल बर्षातका कारण घुईयाबारी बबई हुँदै कोहलपुरसम्म पुग्ने सडक ठुला – ठुला पहिरो र खोलानालाहरुले गर्दा बन्द भएको रोड पुनः संचालनमा आएको कालिमाटी गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष मित्रलाल रिजालले जनाएका छन् ।

वडाध्यक्ष रिजालले कटाक्ष गर्दै भन्छन्, “बिरोध गर्न जति सहज, त्यति व्यबहारमा लागू गर्न गाह्रो छ” ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ जब अन्य पार्टीको वडा सरकार हुदा यतिसम्म बिरोध कमै थियो होला सायद, तर म नेकपा एमाले पार्टीबाट निर्वाचित भएर आएको जनप्रतिनिधि भएर होला मलाई व्यक्तिगत र मेरो प्रतिनिधित्वबाट चलेको वडा सरकारलाई धेरै बिरोध भएको बताए ।

सामाजिक संजालको दुरुपयोग गर्दै अन्य पार्टीका केहि साथीहरूले बाध्यताबस् प्रदेशिएका दाजुभाइ, दिदिबहिनीलाई र म स्वयंम व्यक्तिगतलाई विभिन्न समस्याहरु उत्पन्न गराई असभ्य शब्दहरु प्रयोग गरेर बिरोध गरेको घोर आपत्ति जनाएका छन् । यस्ता अपाच्च्य भाषा बोलेर सामाजिक संजालमा यस्ता हर्कत गर्ने र वडा सरकार प्रति गरेका टीका टिप्पनीलाई सकारात्मक रूपमा लिएर आफ्नो काम निरन्तर अगाडी बढिरहेको वडाध्यक्ष रिजालले जानकारी दिएका छन् ।

वडाध्यक्ष रिजालका अनुसार, घुईयाबारी, बबई हुँदै कोहलपुर सम्म पुग्ने सडकमा आउने विभिन्न समस्याहरु अहिलेदेखि होइन, यो समस्या हरेक वर्षयाममा हुनेगर्छ । र यो भन्दा अगाडीका वडा सरकार, पालिका सरकार हुदा पनि आएका थिए । यस्ता विभिन्न वडाका समस्याहरु हामीले सहजै भन्ने बित्तिकै समाधान गर्न सकिँदैन । किनकि वडाका समस्याहरु राख्ने निकाय अलग्गै हुन्छ । तर केही साथीहरू अन्धाधुन्ध,,, मै हो युवा नेता, सबै काम हाम्रै सरकारले गरेको हो र तेरो मेरो पार्टी भन्दै बिरोध मात्रै गर्छन्, जब वडा सरकारलाई युवाहरुको हातेमालोको आवश्यकता हुन्छ कोहि पनि देखिदैनन भन्दै वडाध्यक्ष रिजालले दुख व्यक्त गरेका छन् ।

थप… कुराकानीमा उनी भन्छन्, लामो समयसम्म अविरल वर्षाका कारण वडाबासिहरुले खेपिरहेका असुविधा र दुख प्रति क्षमा याचना गर्दै भदौ ३ गते अर्थात भोलीदेखि घुईयाबारी बबई रोड संचालनमा आउने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय