
२३ साउन,
सल्यान : सल्यानको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।



मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।