बाँके: सुर्खेतको बिरेन्द्रनगर ३ स्थितमा रहेको मालिका कृषि बिकास नेपाल नामक संस्थाले बाँकेका गरीब जनताहरुलाई विभिन्न लोभलालज देखाएर पैसा उठाई ठगी गरेर व्यपत्ता भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाउँ बस्तीमा रहेका स्थानीय जनताहरुले बागेश्वरी खबर मिडियाका सम्पादक रमेश बस्नेतसँग आफूहरु ठगिएको बताएका छन् ।
सम्पादक बस्नेत सँग कुराकानीमा पीडित जनताहरु मध्ये एक स्थानीय युवा नन्दबिर घर्ती भन्छन्, “जेठ् महिनाको करिब २५ गते तिर सुर्खेतबाट मालिका कृषि बिकास नेपाल नामक संस्थाका केहि कर्मचारीहरुले हाम्रो गाउँमा आएर उक्त संस्थाले किसानहरुलाई चाहिने सम्पुर्ण ज्ञान सीप सिकाउने र त्यो अनुसार आवश्यक उत्पादित कुखुरा चल्ला, दाना पानीको व्यवस्था गरिदिने भन्दै सोझा साझा गरीब जनताहरुलाई लोभलालज देखाएर ठगी गरेको आरोप लगाएका छन् ।”
उक्त संस्थाले सम्पुर्ण जिम्मेवारीको काम यस् संस्थाले लिने भन्दै ३०० (तीन सय) रुपैयाँको दरले १ (एक) कुखुरा किन्नु पर्ने प्रस्ताब राखेर विभिन्न शिर्षकमा रकम उठाएको बताए ।
थप कुराकानीमा ठगिएका पीडित भन्छन्, “चिन्दै नचिनेका अपरिचित संस्थाका कर्मचारी आएर हामी जनतालाई झुक्याएर ठगी गरेको गुनासो स्थानीय सरकारलाई समेत जानकारी गराउदा पनि केही समस्याको समाधान नभएको बताएका छन् ।”
उक्त ठगी गरिएको समाचार सामाजिक संजालमा निकै चर्चा भैरहेको छ । तर स्थानीय सरकार भने पटकपटक जानकारी पाउदा पनि कानमा तेल हालेर बसेको पीडित जनताहरुले आरोप लगाएका छन् ।
ठगिएका पिडितहरु भन्छन्, हामी जनताहरु ठगिएको साथै उक्त संस्थालाई खोजिनिधी गरि हाम्रो समस्याको समाधान गरिदिन स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् ।
यस्ता संघ-संस्थाहरु गाउँ घर बस्तीमा आएर विभिन्न आश्वासन देखाएर सोझा जनताहरु लाई ठगी गर्ने गृह माथी स्थानीय सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ ।