काठमाडौं : अभिनेता सारूक ताम्राकारको विवाद पछि अभिनेत्री नम्रता श्रेष्ठ बिना जानकारी देश छोडेर भारत हुँदै क्यानडा जाने तयारीमा रहेकी बताइएको छ ।

असार २२ गते राति अभिनेता सारुक ताम्राकार आफ्नै घरमा झुण्डिएको अवस्था फेला परे। उनको आत्महत्याको खबरले सबैलाई स्तब्ध बनायो ।

नम्रता श्रेष्ठ अभिनेता सारूक ताम्राकारसँगै चलचित्र ‘ह्यासट्याग’ मायामा काम गर्दै आएकी थिइन् । सारूकको घटनापछि अहिले उनी गुमनाम छिन् । उनीहरू चलचित्रकै लागि महिनौदेखि एकै घरमा बस्दै आएका थिए । शारूकको घटना घट्नुअघि राति शारूक र नम्रताबीच झगडा भएको सँगै बसेकाहरूले बताएका छन् ।

उक्त घटनामा धार्मिक आस्थाका कुरा पनि जोडिएका छन् । नम्रताले शारूकलाई मसानघाट लानेदेखि कालो बोका काटेर मासु खुवाएको घटनाले झनै यो प्रकरणमा सबैको चासो बढिरहेको छ । घटना नम्रतासँग प्रत्यक्ष जोडिएको अहिलेसम्म नदेखिएपनि सबैको आशंका भने उनी तिरै रहेको छ ।

त्यसमाथि घटना भएको यत्रो दिन हुँदा पनि नम्रताले एक शब्द पनि केही नबोल्नुले पनि घटना शंकास्पद देखिन्छ । केही घण्टा अगाडिसम्म सँगै काम गरिरहेको, महिनौँदेखि एकै घरमा बसेको खाएको मान्छेको यति ठूलो घटना हुँदा पनि नम्रता एक शब्द पनि नबोल्नु अस्वाभाविक पनि देखिन्छ । अहिलेसम्म उनले शारूकलाई श्रद्वाञ्जलीसमेत दिएकी छैनन् ।

उसो त शारूक र नम्रताबीच प्रेम सम्बन्ध रहेको पनि कतिपयले बताउँदै आएका छन् । जसले गर्दा उनी शंकाको घेरामा छिन् । सबैले उनीमाथि शंका गरिरहँदा भने उनी नेपाल छोड्ने योजना गरिरहेको स्रोतले बताएको छ । Dainik Nepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय