२१ चैत,
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख मेयर प्रेमलाल साह कानुले (एसईई) पास समेत नगरेको पुष्टि भएको छ। उनलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गराउन परीक्षा केन्द्रले पहिले देखिनै योजनावद्ध तयारी गरेको खुलेको छ।

नगर प्रमुख मेयर प्रेमलाल साह कानुलाई एसईई पास गराउन पथरा बुधराममा रहेको माविबाट परीक्षाको फर्म भरिएको थियो। मेयरलाई उतिर्ण गराउन परीक्षाका केन्द्रका अध्यक्ष देखी निरीक्षकसम्मले जिम्मेवारी लिएका थिए।

मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहलाई नक्कली परीक्षार्थीका बारेमा पहिल्यै अवगत रहेको थियो। एसईई परीक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थीको साटो अर्कै व्यक्तिले परीक्षा दिइरहेको गोप्य सूचना जिल्ला प्रशासन कार्यालयमा पुगेपछि तत्कालै अनुगमन टोलीले लक्ष्मीनिया माविमा रहेको सो सिम्बोल नम्बरलाई चेकजाच गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वमा रहेकोले परीक्षा अनुगमन टोलिले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको थियो। अनुगमन टोलीले नक्कली परीक्षार्थी पक्राउ गर्दा उनले मेयरको साटो परीक्षा दिइरहेको जानकारी भने टोलीलाई थिएन। मेयरका ज्वाई नक्कली परीक्षार्थीको रुपमा भेटिए पछि अनुगमन टोलीले निजलाई प्रहरीको जिम्मा लगाउँदै जिल्ला प्रशासनमा उपस्थीत गराउन निर्देशन दिएको थियो। पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास स्टेशनमा कार्यरत स्थायी कर्मचारी हुन्।

परीक्षाकेन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकहरुको मिलेमतो नभएर यस्ता घटना हुनै सक्दैन्। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने रौतहटको परीक्षा मर्यादित बनाउन खटिएका कतिपय केन्द्राध्यक्षहरुकै मिलेमतोमा परीक्षाको स्तर बिग्रेको छ।

केन्द्राध्यक्षहरुले विद्यार्थीको उतरपुस्तिकामा हस्तारक्षर गर्न जादा प्रवेशपत्र, सिम्बोल नम्बर सबै हेर्नुपर्नेमा उनीहरुले त्यस्तो नगरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। रौतहटको लक्ष्मीनिया माविमा देखिएको बेथितिका बारेमा आफुहरु गम्भीर भएको र सो केन्द्रका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

मेयर साह पन्छिदै

घटना बाहिरिएपछि मेयर प्रेमलाल साह कानुले एसईई आफूले दिन आवश्यक नरहेको भन्दै पन्छिन थालेका छन्। कानुनी कारवाहीबाट बच्न मेयर साहले नगरपालिकाकै लेटर प्याड दुरुपयोग गर्दै यस्तो बताएका छन्।

मेयर साहले आफू बिगत १० महिनादेखि नगरवासीको हितमा कार्य सम्पादन गरिरहेको जननिर्वाचित पदाधिकारीलाई अब उप्रान्त शैक्षिक योग्यताको प्रमाण पत्र आवश्यक नै नभएकोमा मैले माध्यमिक शिक्षा परीक्षा एसईईको लागि परीक्षा फाराम नभरेको, परीक्षा फाराममा सहीछाप नगरेको अवस्थामा उनले केही व्यक्तिहरुले प्रपन्च गरी मेरो चरित्र हत्या गर्ने, झूठा मुद्दामा फसाई पदच्युत गराउने षडयन्त्र रची अवान्छित एवम् अपत्यारिलो क्रियाकलाप गरे तर्फ मेरो कुनै संलग्नता नरहेको भन्दै विज्ञप्ति निकालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय