
१५ चैत,
ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ।
अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ। त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन्। यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ। यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।



धेरै अण्डा खानुको बेफाइदा
पखाला : अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ। यसले शरीरलाई निकै कमजोर बनाउँछ। त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन।
कब्जियत : अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ। कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ।
कोलेस्ट्रोल : अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ। यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन। तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ।
दिनमा कतिवटा खाने?
यदि एक स्वस्थ वयस्कले दैनिक एक अण्डा खान्छ भने, त्यो उनको लागि पर्याप्त छ। तर धेरै कुरा व्यक्तिको शरीर र जीवनशैलीमा पनि निर्भर गर्छ। यदि कुनै रोग छैन भने तीनवटा अण्डा पनि खान सकिन्छ । भारी व्यायाम गर्ने मानिसहरूलाई बढी प्रोटिन चाहिन्छ, यस्तो अवस्थामा उनीहरूले अण्डाको मात्रा बढाउन सक्छन्।