१५ फागुन,
चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने रिमोट किसिङ डिभाइस निर्माण गरेको छ । उक्त यो उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ ।

ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ ।

उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ । भिडियो प्रेस नेपालबाट प्रसारण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय