१४ फागुन,
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक पछि अर्को गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिएका छन्। बालेनले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त समेत गरेका छन् । दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए ।
त्यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका हुन् । ‘अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले भनेका छन् । बालेनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिँदै आएका छन् ।
मेयर बालेन शाहले एक पछि अर्को गर्दै सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्ति