बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका हुन ।
दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।