
३ फागुन,
महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, मटिहानी नगरपालिका–८ बस्ने २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



प्रहरीका अनुसार, भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरीले मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरेको हो। यादवले भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरबाट ज६प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर भारु १७ लाख (नेपाली २७ लाख २० हजार रुपैयाँ) सहित उनलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाएको प्रहरीले जनाएको छ। थाहाखबरबाट