२१ माघ,
बाँके : शैक्षिक सत्र २०८० का लागि जनक शिक्षा सामाग्री केन्द्रले ६२ लाख भन्दा धेरै नयाँ पुस्तक छापिसकेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जनाएका छन्।

सूचना अधिकारीका अनुसार, अझै १ करोड ५० लाख थान छाप्न बाँकी रहेको साथै दैनिक १ लाख ५० थानसम्म पुस्तक छपाइ यतिखेर धमाधम भइरहेको बताए।

‘तीव्र गतिमा पुस्तक छपाइ भइरहेको छ, अहिलेसम्म छपाइमा केही समस्या छैन,’ उनले भने। उनका अनुसार अहिले जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको पुस्तक छाप्दै आएको छ। कक्षा १ देखि ३ सम्मको भने निजी कम्पनीले छाप्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

यस वर्षको नयाँ शैक्षिक सत्र शुरू भएको ८ महिना भइसकेको छ। कोभिड–१९ का कारण कोर्स नसकिएपछि वैशाखबाट शैक्षिक सत्र शुरू हुने भए पनि यस वर्षको पठनपाठन जेठ १ गतेबाट शुरू भएको थियो। तर अहिले पनि केही ठाउँमा नयाँ पुस्तक नपुगेको गुनासो छ। पुस्तक नपुगेको भए केन्द्र तथा प्रदेश कार्यालयहरूमा सम्पर्क गरि पुस्तक लिन जनक शिक्षाले आग्रह गरेको छ। पुरा खबर थाहाखबर मा हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय