१० माघ,
बाँके : बाँकेको नेपालगन्ज र त्यस आसपासमा दादुरा संक्रमण निकै फैलिएको छ। उक्त ठाउँमा फैलिएको दादुरा संक्रमण एक महिनाभित्र नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन्।

भर्खरै दादुरा प्रभावित क्षेत्रको अवलोकन गरेर गएका मन्त्री गिरीले दादुरा संक्रमण फैलिरहेको अवस्थामा पनि खोप अभियान तीव्र पारिएको हुँदा एक महिनामा संक्रमण पूर्णरुपमा नियन्त्रणमा आउने बताएका हुन्।

सोमबार स्वास्थ्य पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले भने‚ संक्रमण फैलिरहेको हुँदा हाल खोप अभियान तीव्र पारिएको छ, एक महिनाभित्र संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसक्छ।‘

पुसको दोस्रो हप्तादेखि बाँकेमा फैलिएको दादुरा संक्रमणबाट हालसम्म २ सयभन्दा बढी बालबालिका संक्रमित भएका छन् भने एक बालकको मृत्यु भएको छ। यस्तै पछिल्लो समय सुर्खेतमा समेत दादुरा संक्रमित भेटिन थालेका छन्।

त्यस्तै बिमाको गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा पनि आफूले अध्ययन गरिरहेको समेत बताए। उनले स्वास्थ्य बिमामार्फत जनतालाई गुणस्तरीय र निःशुल्क सेवा प्रदान गर्न सकिने भन्दै बिमामा देखिएको समस्या समाधान गर्दै बिमालाई प्रभावकारी बनाउने आफ्नो कार्यकालको मुख्य काम हुने समेत बताए।

यस्तै मन्त्री गिरीले आफ्नो कार्यकालभर स्वास्थ्य मन्त्रालयमा सेटिङको भरमा कुनै पनि काम नहुने समेत प्रतिबद्धता जनाएका छन। ‘ म मेरो कार्यकालभर यो मन्त्रालयमा सेटिङबाट हुने कुनै पनि कामलाई प्रोत्साहन गर्दिनँ। यस्तै नीतिगत अनियमितता पनि हुन दिन्नँ’‚ मन्त्री गिरीले भने। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय