१५ पुस,
काठमाडौंको पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा एक्कासी आगो लागेको छ।

आज बिहान ७ बजेतिर बा१ह ३९६७ नम्बर गुडिरहेको टेम्पोमा आगलागी भएर क्षति पुगेको टेम्पो चालक ६२ वर्षीय राजेन्द्र बस्नेतले बताए।

टेम्पो चालक बस्नेतका अनुसार, ‘यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,’ उनले भने, ‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय