२६ मंसिर, काठमाडौँ । पछिल्लो समय अवधि नपुगी बीमा पोलिसी सरेन्डर अर्थात त्याग्नेको संख्या बढ्दै गएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार कार्त्तिकमा मात्रै ६ हजार ७ सय ४६ जना बीमितले बीमा पोलिसी त्यागेका छन् । बीमितले कूल एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका हुन् ।

अघिल्लो महिना अर्थात असोजमा विभिन्न कम्पनीका कूल ६ हजार ६३ बीमितहरुले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमापोलिसी बीचमै त्याग गरेका थिए।

रकमको आधारमा सबैभन्दा बढी रकमको पोलिसी त्याग्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ भने संख्याका आधारमा नेपाल लाइफ रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको ९८७ जना बीमितले कूल ३९ करोड ९ लाख रुपैयाँ बराबरको पोलिसी समय नपुग्दै त्यागेका छन। नेपाल लाइफका २ हजार १३९ बीमितले एक महिनामै कूल २८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।

यस्तै त्यस्तै, एशियन लाइफका १ हजार ५ सय ७८, सूर्या लाइफका १ सय ४५ जना, नेशनल लाइफ इन्स्योरेन्सका ६ सय ६२ जना, राष्ट्रिय बीमा संस्थानका ३ सय ६ जना, मेट लाइफका ३ सय १३ जना, गुराँस लाइफ इन्स्योरेन्सका १ सय ९५ जनाले बीमा पोलिसी त्यागेका छन् ।

यस्तै प्रभु लाइफको ५६ लाख, ज्योतिको ५३ लाख, सिटिजनको ४७ लाख, युनियनको ४६ लाख, आईएमई लाइफको ४२ लाख, रिलायन्सको ४० लाख, रिलायबल नेपाल लाइफको ३९ लाख, सानिमा लाइफको २८ लाख, सन नेपालको २५ लाख, महालक्ष्मीको २२ लाख, प्राइमको १४ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै त्याग भएको छ । जसमध्ये प्राइमको सबैभन्दा कम रकमको पोलिसी त्याग भएको छ । संख्याको आधारमा युनियन लाइफको सबैभन्दा कम १७ जना बीमितले पोलिसी त्यागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय