२४ मंसिर, नेपालगञ्ज । त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार नेपालगञ्जमा भएको म्याराथनमा खड्काले ४२.१९५ किमीको दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरे ।
म्याराथनमा दोस्रो र तेस्रो आर्मीका नरेन्द्रसिंह रावतले २ घण्टा २२ मिनेट २९ सेकेन्ड र मोहनदेव जोशीले २ घण्टा २४ मिनेट ३६ सकेन्डमा पुरा गरे ।
उपाधि विजेता खड्काले १ लाख ५० हजार, दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रुपियाँ पुरस्कार जितेका छन् ।
यस्तै २१.०९७५ किमी महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनले १ घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन । दोस्रो भएकी अञ्जली चौहानले १ घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गदै ३० हजार पुरस्कार प्राप्त गरिन । तेस्रोमा अञ्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गदै उनले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरिन ।
नेपालगन्ज म्याराथनअन्तर्गत आठौँ संस्करणमा ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग विधामा दौड भएको थियो ।