
२४ मंसिर । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो ।
निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा दुबै टोलिबाट एक–एकको बराबरी भए पछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो ।



सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपको उपाधि जितेको ब्राजिल यस पटक सेमिफाइन सम्म पनि पुग्न सकेन् ।