२१ मंसिर, बाँके । बाँकेमा सवारी दुर्घटना बढ्दै गएको छ । पछिल्लो चार महिनामा बाँकेमा ५८ वटा सवारी दुर्घटना भएका छन ।

नेपालगन्ज ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाभर सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । २८ जना गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएको छन् ।

तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, सडकको खाल्डाखुल्डी, तीव्र गति, ट्राफिक लेनको प्रयोग नगर्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय