
२१ मंसिर, काठमाण्डौ । स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ।
कतारको लुसेल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो ।



स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको पोर्चुगलले जारी संस्करणको अन्तिम चारमा पुग्न अफ्रिकी मुलुक मोरक्कोसँग खेल्ने छ। मोरक्को मंगलबार राति नै भएको खेलमा स्पेनलाई पराजित गर्दै अन्तिम आठमा पुगेको छ।