
२१ मंसिर, काठमाण्डौ । स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वाटर फाइनलमा पुगेको छ।
कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी सुट आउटमा तीन शून्यले हरायो ।



निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन चार वर्ष अघि आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।