१९ मंसिर, बाँके । लुम्बिनी प्रदेशमा कुनै एक दलको स्पष्ट बहुमत नआएपछि दुई वा सोभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने भएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ। बहुमतका लागि ४४ सदस्यको समर्थन चाहिन्छ। निर्वाचन आयोगको नतिजाअनुसार लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ १८ सिट जितेको एमाले पहिलो दल बनेको छ । १७ सिट जितेको कांग्रेस दोस्रो ठूलो दल बनेको छ । यी दुई दलले सरकार बनाउनका लागि अन्य दुई दलको सहयोग लिनुपर्ने अवस्था रहेको छ।

लुम्बिनी प्रदेशमा मिलीजुली सरकार बन्ने देखिएको छ। एमाले र कांग्रेसको स्पष्ट बहुमत नआएपछि सरकार बनाउन साना दल निर्णायक हुने भएका छन् । ५ सिट जितेको माओवादी केन्द्र तेस्रो दल, २\२ सिट जितेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्तिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले एक सिट र अन्य तीन जना स्वतन्त्र सांसदले चुनाव जितेका छन्। समानुपातिक सिट कुन दलले कति पाउने एकिन भैसकेको छैन् ।

यी हुन मुख्यमन्त्रीका दावेदार
एमालेले सरकार बनाए लीला गिरी मुख्यमन्त्रीका दावेदारका रुपमा रहेका छन्। यस बाहेक चेतनारायण आचार्य र भूमिश्वर ढकाल पनि एमालेबाट मुख्यमन्त्रीका दावेदार हुन्।

कांग्रेसबाट मुख्यमन्त्रीका रूपमा अब्दुल रज्जाक र डिल्ली चौधरीको नाम चर्चाममा रहेको छ । माओवादीबाट रोल्पाका जोखबहादुर महरा पनि मुख्यमन्त्रीका दाबेदार रहेको चर्चा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय