१६ मंसिर, काठमाडाैँ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्षसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

शुक्रबार अख्तियारले चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५\ ०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय