
१६ मंसिर, बाँके । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेमा ६४ हजार १ सय ३८ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ १५ हजार दुई सय २१ र समानुपातिक तर्फ १६ हजार दुई सय ७० मत बदर भएको छ ।



यस्तै प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ १२ हजार एक सय ५६ र समानुपातिक तर्फ २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।