
१५ मंसिर, काठमाडाैँ । सुनचाँदीको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार ९८ हजार १०० रुपैयाँ रहेको छ भने ९७ हजार १०० रुपैयाँ रहेको तेजावी सुन ९७ हजार ६०० रुपैयाँ रहेको छ।



यस्तै चाँदीको मूल्य पनि बिहीबार बढेको छ । चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।