१४ मंसिर, काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।
गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । यस समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।
कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भएको थियो। यस्तै खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो ।