१२ मंसिर, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको जनाएको छ ।
भाषा परीक्षाको पहिलो चरणमा कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ। र दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।
फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म सीप परीक्षण हुनेछ।