९ मंसिर, काठमाडौँ । प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ ।

९ वटा क्षेत्रको मतपरिणम अनुसार नेकपा एमालेले अहिले सम्म जित हासिल गर्न सकेको छैन् । बाँकी मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । तर मत गणना जारी रहेका क्षेत्रमा पनि एमाले पछि रहेको छ । यदि ति क्षेत्रमा कुनै चमत्कार नभए एमालेले हार बेहोर्ने निश्चित छ ।

हालसम्म समाजवादीबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढा, दैलेख १ बाट अम्बरबहादुर थापा निर्वाचित भैसकेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्र बहादुर शाही, जाजरकोटबाट माओवादीका शक्ति बस्नेत, रुकुम पश्चिमबाट माओवादीका जनार्दन शर्मा प्रभाकर निर्वाचित भैसकेका छन् । भने सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट काँग्रेसका पुर्णबहादुर खड्का र हृदयराम थानी, दैलेख २ बाट काँग्रेसका दिक्पाल शाही निर्वाचित भैसकेका छन् ।

जारी मत गणना अनुसार मुगुमा काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरीले अग्रता लिएका छन् । भने कालिकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र बहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय