२ मंसिर, काठमाडौँ । पैसा बाँडेको आरोपमा एमालेका प्रदेश उम्मेदवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बूढानीलकण्ठमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभाका उम्मेदवारसिहत तीन जनालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल, वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,ु निरौलाले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय